NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

परिचय

राष्ट्रिय योजना आयोगको सचिवालय अन्तरगत रहेको केन्द्रीय तथ्याङ्क विभागको स्थापना तथ्याङ्क ऐन २०१५ बमोजिम वि.सं.२०१५ साल मार्ग १५ गते भएको हो । तथ्याङ्क ऐन २०१५ मा ब्यवस्था भए बमोजिम केन्द्रीय तथ्याङ्क विभागको कार्य सम्पादनमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०५० साल श्रावण १ गते देखि कन्चनपुर र कैलाली जिल्ला कार्य क्षेत्र हुने गरी शाखा तथ्याङ्क कार्यालय कन्चनपुरको स्थापना भएकोमा मिति २०७० साल चैत्र महिना देखि कार्यालयको नाम परिवर्तन भई तथ्याङ्क कार्यालय, कन्चनपुर भएको हो । हाल तथ्याङ्क कार्यालय, कन्चनपुर जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका-१८ , जानकीटोलमा रहेको छ । तथ्याङ्क कार्यालय, कन्चनपुरको आप्mनै वार्षिक कार्यक्रम र राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चालन हुने गणना एवं सर्वेक्षणहरुमा संलग्न हुदै आएको छ । जिल्लास्तरमा यस कार्यालयले सेवाग्राहीहरुलाई सर्वसुलभ रुपमा तथ्याङ्क सेवा उपलब्ध गराउदै आएको छ । कार्यालय मार्फत स्थानीय स्तरमा तथ्याङ्कीय गतिविधिमा बृद्धि हुदै गएको छ । तथ्यांक ऐन २०७९ को कार्यान्वयन पश्चात साबिकको केन्द्रीय तथ्यांक विभाग राष्ट्रिय तथ्यांक कार्यालयमा परिणत भएको छ । हाल राष्ट्रिय तथ्यांक कार्यालय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मातहतमा रहेको छ ।